२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

दर्शकलाई सुझाव : मुटु दह्रो बनाउनु, खल्तीमा रुमाल पनि बोक्नु

‘ओपनहाइमर’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका सिलियन मर्फीले प्रायः गरिरहने एउटा प्रश्नले नेपाली चलचित्रको यथार्थ झल्काउँछ । उनका प्रश्र छन्– ‘हामी किन अफ्ठ्यारो फिल्म बनाउन लागिपरेका छौं ? किन फ्यान्टासी दृश्यहरु कैद गर्नमा रमाइरहेका छौं ? फिल्म सार्वजनिक भाषामा हुनुपर्ने हैन र ?’

मर्फीको यो प्रश्नले विश्वका सबै देशको चलचित्र र दर्शकहरुसँग कति सान्दर्भितकता राख्छ, त्यो बेग्लै कुरा हो । तर, नेपाली चलचित्र क्षेत्रको अवस्थाले भने ती प्रश्नलाई असान्दर्भिक ठान्दैन । नेपाली चलचित्रमा विलासी दृश्य देखाउने र हेर्नेहरुको होडबाजी छ, चाहे त्यसको कथा र क्राफ्ट जतिसुकै झुर किन नहोस् ।

तर, यहाँ चर्चा भने त्यस्तो झुर फिल्मको होइन । बुधबारबाट प्रदर्शनमा आएको एउटा मौलिक र सुन्दर चलचित्र ‘सतिदेवी’ को हो ।

दशकअघिको नेपाली समाज र अहिलेको नेपाली समाजमा धेरै परिवर्तन भइसकेको छ । नागरिकको जीवनशैली, चेतनास्तर र रुची फेरिएको छ । यद्यपि, यो सुखद कुरा पनि हो । तर, समाज जति स्मार्ट र आधुनिक भए पनि अधिकांश नेपालीको धरातल गाउँसँगै जोडिएको हुन्छ ।

वैचारिक विकासको लागि को–कति धनी भए, को–कति शिक्षित भए, को विदेश पुगेभन्दा पनि उनीहरुको सोच कत्तिको फराकिलो भयो भन्ने कुराले ठूलो अर्थ राख्छ । सतिदेवीले देखाउन खोजेको यस्तै स–साना कुराहरु हुन् । भन्न खोजेको समाजका यस्तै स–साना आयामहरु हुन् । सम्रगमा हामी कहाँ आइपुग्यौँ र लैंगिक भिन्नताको सवालमा हाम्रो समाज अझै कहाँ छ ? चलचित्रमार्फत् सतिदेवीले उठाएको प्रश्न यहि हो ।

Related News

फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट  डोटीले पाउने छ प्रतिभावान “आइडल”
फागुन १ देखि सञ्चालन हुने महोत्सवबाट डोटीले पाउने छ प्रतिभावान “आइडल”
  • २०८१ भाद्र ८

दिपायल – सामान्यतया महोत्सवले व्यापार, मेला, प्रदर्शनी र सांगीतिक कार्यक्रमलाई...

TOP