२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

१०० मा फोन गरेर जिस्किनेमा महिला बढी

डडेल्धुरा प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेर जिस्काइने गरेको पाइएको छ।  अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने उक्त नम्बरमा ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान बनेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दैनिक करिब ४०/५० वटा फोन प्रहरीको १०० नम्बरमा आउने गरेकोे छ। ब्लफकल विशेष गरेर रातीको समयमा आउने गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। 

‘ब्लफकल गर्नेहरुमा महिला, पुरुष तथा बालबालिका रहेको भएपनि महिलाको संख्या बढिरहेको छ’ उनले भने, ‘गलत सूचना दिने, जथाभावी गालीगलौज गर्ने, मोबाइलमा गीत बजाएर सुनाउने, कोही केही नबोल्ने, फोन होल्डमा राखिराख्ने जस्ता कार्य गर्छन्।

साथै गैरजिम्मेवारी तवरले भ्रामक सुचना दिने, जिस्काउने, टोल फ्रि नम्बमर १०० व्यस्त पारी सेवा अवरुद्ध पार्ने जस्ता अमर्यादित एवं गैर कानूनी कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।
 

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७६ चैत्र ३

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP