२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

एक वर्षमा बैतडीका तीन हजार बढी घरधुरीमा विद्युत जडान

बैतडी– नेपाल विद्युत् वितरण केन्द्रले अँध्यारोमा बसेका बैतडीका तीन हजार ४७० वटा नयाँ घरधुरीमा बिजुली जडान गरेको छ । जिल्लामा अब बत्ती बाल्ने कुल घरधुरीको सङ्ख्या २४ हजार ५६५ पुगेको छ ।

करिब २३ हजार घरधुरीमा बत्ती बाल्न बाँकी छ । वितरण केन्द्रले आव २०८१/८२ मा जिल्लाका पञ्चेश्वर गाउँपालिका, शिवनाथ, डिलासैनी, दोगडाकेदार सुर्नया र सिगास गाउँपालिका–१ गरेर तीन हजार ४७० घरधुरीमा विद्युत् जडान गरेपछि बिजुली बाल्ने घरधुरीको सङ्ख्या १४ हजार नाघेको हो ।

छ वटा गाउँपालिका र चार वटा नगरपालिकामा ४९ हजार ४२८ घरधुरी रहेका छन् । २४ हजार ४३५ घरधुरीमा अझै बिजुली पुगेको छैन । बाँकी घरधुरीमा विद्युतीकरण गर्न सिगासको वृन्दावन, दोगडाकेदारको सिल्लेगाडामा ३३ केभी सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP