२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतले नेपाललाई हरायो

काठमाडौं- घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।

पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

चौथो सेटमा भारतले २५-२१ ले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुदेखि नै अग्रता लिदै भारतले उपाधि रक्षा गर्‍यो।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP