२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

काभा नेसन्स लिगः सेमिफाइनलमा आज इरानको सामना गर्दै नेपाल

काठमाडौं– काठमाडौंमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे भारत र श्रीलङ्काबीच हुँदै छ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच साँझ ५ः१५ बजेदेखि सुरु हुने छ। यस अघि समूह चरणको खेलमा भारत १० अङ्कसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अङ्कसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।

त्यस्तै इरान ७ अङ्कसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलङ्का ४ अङ्कसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ। त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP