२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

रेफर भइसकेका बिरामीको निधनको विषयमा टिकापुर अस्पतालका चिकित्सकमाथि धम्की

कैलाली– कैलालीको टीकापुर अस्पताल अस्पतालका अध्यक्ष तथा चिकित्सकलाई धम्की दिएको भन्दै सेवा बन्द गरिएको छ। दोषीलाई कानून वमोजिम कार्बाही नगरे सम्मका लागि बन्द रहने उल्लेख छ।

एक बिरामी रेफर भएपश्चात धनगढी जाने क्रममा बाटोमा निधन भएको घटनालाई लिएर आफूहरुमाथि कालोमोसो लगाउछौ भनि धम्की दिई तथानाम गालीगलौज समेत गरेको, अस्पतालका स्वास्थकर्मी तथा कर्मचारीहरु माथि समेत हातपात गर्न खोजेको बताइएको छ।

सो विषयमा छानबिन समिति गठन भई छानबिन प्रकृया चलिरहेकै अवस्थामा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आफन्तको समूहद्वारा गालीगलौज गरेको बताइएको छ। साथै सम्पूर्ण चिकित्सक र कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभुती गराइदिन पनि माग गरिएको छ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण ८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP