२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026, Friday

चर्चामा तिज विशेष गीत ‘बिजुली चमक्क’

काठमाडौँ – लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको यो वर्षको तिज विशेष गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । वरिष्ठ गायक तथा संगीतकार कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ ।

डान्सिङशैलीमा तयार गीत सुरुको समयदेखिनै चर्चामा रहन सफल छ । युट्युब ट्रेन्डिङमा समेत पर्न सफल गीतले सार्वजनिक भएको २४ घण्टामा १ लाख ७४ हजार बढी भिउज पाउँदै चर्चामा रहन सफल छ ।

मनु पन्तको प्रस्तुति रहेको गीतमा मोडल अञ्जली अधिकारीले हट नृत्यले भरिएको छ । फिल्मी शैलीमा निकै खर्च गरेर निर्माण गरिएको भिडियोमा थुप्रै कोरसको पनि प्रयोग गरेका छन् ।

भिडियो स्मृति तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । भिडियोमा करण चैसिरको छायांकन र शिव पौडेलको सम्पादन छ । भिडियोको निर्माण उमङ फिल्मले गरेको हो ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ श्रावण ५

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP