दिपायल– डोटीको बीएस भैरवशक्ति निर्माण सेवासहित चार निर्माण कम्पनीलाई सरकारले कालो सूचिमा राखेको छ ।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न बीएस भैरवशक्तिसहित जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोचूचीमा राखेको हो। आज (बुधबार) सूचना जारी गर्दै कार्यालयले काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिंग, काठमाडौँसहितका निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कार्यालयले कालो सूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...