२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

हिमाली तथा पहाडी जिल्लामा लकडाउन खुकुलो गरिने

काठमाडौँ- कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको  सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ।

देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो।

भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि  लकडाउन पूर्वरुप रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ। मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ बैशाख २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP