२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा डुबेर दुई किशोरीको मृत्यु, एक जना बेपत्ता

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास–५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सृजना बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले जानकारी दिए ।

डुबेर बेपत्ता भएको आरती बोगटी अझै फेला परेकी छैनन् ।

उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । उनीहरु तिनैजना सोमबार दिउँसो तालमा पौडी खेल्न गएका थिए।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै पौडी खेल्न गएको थिइन् । तर उनी पौडी नखोलेरै फिर्ता आएको र उनले तीन जनालाई खोलाले बगाएको बताएपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ असार २४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP