२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

होटेल ओपेराको स्विमिङ पुलमा डोजर

भीमदत्त नगरपालिकाले होटेल ओपेराको स्विमिङ पुलमा डोजर चलाएको छ । होटेलले स्थानीय सरकारलाई तालाचाबी बुझाएको १९औँ दिनमा नगरपालिकाले शनिबार डोजर लगेर स्विमिङ पुलको संरचना भत्काइदिएको छ ।

नगर विकास समितिको जमिनमा बनेका संरचना हटाउन वा संरचनाका तालाचाबी बुझाउन भीमदत्त नगरपालिकाले आह्वान गरेको थियो । जसअनुरूप १४ वैशाखमा होटेल ओपेराले भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी, वडा नम्बर ४ का वडाध्यक्ष सुशील भट्ट, ७ का वडाध्यक्ष गणेश चन्द र १८ का वडाध्यक्ष रवीन्द्र देवकोटालाई संयुक्त रूपमा स्विमिङ पुलको तालाचाबी बुझाएका थिए । यसअघि तालाचाबी बुझाएको केही दिनमै पार्किङ स्थलमा पालिकाले आफ्नै रुट बनाउन दक्षिणतर्फको पर्खाल भत्काएको थियो ।

होटेल ओपेराले अदालतबाट स्टे अर्डरका लागि मुद्दा दायर गरेको सुइँको पाएपछि पालिकाले भत्काएको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष भट्टले ओपेराले दायर गरेको रिटमा स्टे अर्डर आए भत्काउन समस्या हुने भएकाले दायर गरेको दोस्रो दिनमै भत्काएको बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ असार २

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP