२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु

दिपायल– भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अनुसार बेंग्लोरस्थित यलहंका भन्ने ठाउँमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा बझाङ जयपृथ्वी नगरपालिका– ११ निवासी ३२ वर्षीय मदन बोहराको परिवारका पाँच सदस्यको मृत्यु भएको हो ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले घटनाबारे राजदूतावासले स्थानीय प्रहरीसँग समन्वय गरेको र नेपालमा परिवारका सदस्यलाई खबर पठाइएको बताए । ‘परिवारसँग खबर गरेका छौँ । सम्पर्कमा आइसकेका छैनन् ।

आएपछि के गर्न सकिन्छ, के पाउन सक्ने रहेछ, क्षतिपूर्तिको सन्दर्भमा दूतावासले पहल गर्छ,’ राजदूत शर्माले भने । मृतकको शव व्यवस्थापनमा बेंग्लोरस्थित नेपाली समुदाय र राजदूतावास मिलेर अगाडि बढ्ने उनको भनाइ छ ।

दूतावासका अनुसार ग्यास लिक हुँदा मृत्यु हुनेमा ३२ वर्षीय मदनका साथै उनकी पत्नी ३० वर्षीया प्रेमजला, छोरीहरू ११ वर्षीया निता र आठ वर्षीया अनिता तथा चार वर्षीय छोरा प्रशान्त रहेका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ जेष्ठ २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP