२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

सुदूरपश्चिम सरकारकोे आगामी वर्षको बजेटको घट्ने


दिपायल- सुदूरपश्चिम सरकारकोे आगामी आर्थिक वर्षको बजेटको घट्ने भएको छ । प्रदेश नीति तथा योजना आयोगले तोकेको बजेटको सिलिङ अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको घट्ने देखिएको छ ।

प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीका अनुसार समानीकरण अनुदानमा आठ अर्ब ७२ करोड र राजश्व भाडफाँडबाट ९ अर्ब ९९ करोड बजेट आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि २५ अर्बको प्रस्ताव गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ मा २९ अर्बको बजेट कार्यान्वयन गर्दैछ ।

प्रदेशको आम्दानीका आधारमा २४÷२५ अर्बको बजेटको सिलिङ दिइएको जोशीले बताए । सङ्घीय सरकारको बजेट सार्वजनिक भएपछि प्रदेशको बजेटको आकारमा तलमाथि हुने भए पनि आम्दानीको स्रोत नभएकाले २५ अर्बको हाराहारीमा बजेट आउने उनको भनाइ छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ बैशाख १६

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP