२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा



दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह चोपडा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार दिपायलमा आयोजित प्रथम जिल्ला अधिवेशनबाट चोपडाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।


शाखाको उपाध्यक्षमा लाल बहादुर खड्का, महासचिवमा कृत बहादुर कुँवर, कोषाध्यक्षमा आईजङ्ग कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै शाखाको सदस्यमा पदम सिंह महरा, तेज भूल र तेज नारायण झा सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित चोपडा नेपाल औषधि व्यवसायी संघ ( डोटी,  अछाम, बाजुरा, बझाङ, बाजुरा ) संयुक्त शाखाका निवर्तमान अध्यक्ष हुन् । केन्द्रीय समितिले विधान संसोधन गरेर प्रत्येक जिल्लामा जिल्ला कार्यसमिति गठन गर्ने व्यवस्था गरे बमोजिम जिल्ला शाखा गठन गरिएको हो । अछाम, बाजुरा, बझाङ, बाजुरा जिल्लामा जिल्ला समिति गठन गरिने अध्यक्ष चोपडाले बताए ।


कार्यक्रमममा नेपाल औषधि व्यवसायी संघका केन्द्रिय सदस्य (थोक) गया प्रसाद कुस्मी प्रमुख अतिथि रहेका थिए । केन्द्रीय सदस्य (खुद्रा) पृथ्वी बहादुर बम, सुदूरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष फोनिरम चौधरी विशिष्ठ अतिथि थिए ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष टेक नारायण पौडेल, महासचिव गजेन्द्र देव लेखक, कैलाली जिल्लाका निवर्तमान अध्यक्ष जनकराज जोशी लगायत जिल्लाका २७ जना औषधि व्यवसायी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लाको स्वाथ्य क्षेत्रमा योगदान पुर्याउने व्यवसायी, स्वास्थ्यकर्मी तथा नेपाल औषधि व्यवसायीको संस्थागत विकासमा टेवा पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० फाल्गुन १९

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP