२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

सुदूरपश्चिममा एक वर्षमा थपिए २५२ एचआइभी संक्रमित

दिपायल– सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई सय ५२ जना एचआइभी एड्स संक्रमित थपिएका छन् । पछिल्लो समय प्रदेशका ९ वटा जिल्लामा गरिएको परीक्षणमा एक सय तीन जना महिला र एक सय ४९ पुरुष संक्रमित पत्ता लागेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच जनामा संक्रमण देखिएको हो ।

यस्तो छ तथ्याङ्क

कैलाली – १०५
कञ्चनपुर – ५३
अछाम – २८
डोटी – २४
बैतडी – ८
बाजुरा – ६
बझाङ – ६
डडेल्धुरा – ६
दार्चुला – १
सुदूरपश्चिममा हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् ।

Related News

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो
  • २०८० मंसिर १७

पेट्रोलियम पदार्थको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमा १०० रुपैयाँ सस्तो...

TOP