२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

डडेल्धुरा अस्पतालका ३० शैय्या निःशुल्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालका ३० शय्या वेड निःशुल्क गरेको छ। मन्त्रालयले डडेल्धुरासहित देशभरका सरकारी अस्पतालमा तीन हजार ५ सय २३ बेड निःशुल्क गरेको हो।

सुदूरपश्चिममा संघीय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रूपमा संचालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ। मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असाहयहरूको उपचारमा सहजताका लागि निःशुल्क वेड व्यवस्था गरेको बताइएको छ।

काठमाडौं उपत्यकाभित्र वीर अस्पतालमा ७००, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, मानसिक अस्पताल, ललितपुरमा ४०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६०,परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा ४ सय ५० र राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५० बेड निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै मधेश प्रदेशमा गजेन्द्र नारायण अस्पतालमा १०० र नारायणी अस्पतालमा २५५, कोशी प्रदेशको कोशी अस्पतालमा ३३०,गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३००,लुम्बिनी प्रदेशको भेरी अस्पतालमा ५०,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० र कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको ३० वेड निःशुल्क गर्ने घोषणा मन्त्रालयले गरेको हो।

Related News

नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
  • २०८० असार ३१

  काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...

TOP