
कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाई पक्राउ परेका हुन् ।
शङ्कालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेस, ०.६० ग्राम खैरो हेरोईन र मोबाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...