२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

भन्सार छलिका सामानसहित एक जना पक्राउ


कञ्चनपुर –
कञ्चनपुरमा भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ गल्ली नम्बर–१ मा भारतबाट भन्सार छलीगरी ल्याएका सामानसहित भीमदत्त–१० जिमुवाका २२ वर्षीय महादेव पोखरेल पक्राउ परेका हुन्।

पोखरेलले चलाएको म २ प २२२१ नम्बरको मोटरसाइकल संकालागि चेकजाँच गर्दा तुलको कपडा, सारी, लगायतका एक लाख चौतिस हजार मुल्य बराबरका सामानसहित शनिवार उनलाई पक्राउ गरिएको हो। मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ।

यस्तै भीमदत्त नगरपालिका–४ बसपार्कमा भन्सार छलीगरि ल्याएका १ लाख ५४ हजार ६ सय ५० मुल्य बराबरको भेष्ट र कट्टुहरु बेवारिसे अवस्थामा फेलापारी प्रहरीले बरामद गरेको छ। कञ्चनपुरकै बेलौरी नगरपालिका वडा नम्बर–१ फटैयामा भन्सार छलीगरी ल्याएका डिउ (पिय पदार्थ), प्लाष्टिकको डोरी, डाटा केवल, मोवाईल कवर, बल्भ, मोवाईलको डिस्प्लेसहित यूपि ३१ ए.स. ९७९२ नम्बरको भारतिय मोटरसाइकल बेवारिसे अवस्थामा फेलापारी इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० जेष्ठ २८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP