२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

बैयल गाडामा च्याप्पिएर एक बालकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को मृत्यु भएको हो।

आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० जेष्ठ १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP