२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

हिमपहिरोमा पुरिएर डोटीका तीन जना सहित पाँच जना बेपत्ता

दिपायल – हिमपहिरोमा पुरिएर डोटीका तीन जना महिला सहित पाँच जना बेपत्ता भएका छन् । दार्चुलाको ब्याँस गाउँपालिका – १ बोलिनमा गएको हिमपहिरोमा १२ जना पुरिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएका १२ जना मध्य सात जना सम्कर्पमा आएका छन् भने पाँच जना अझै बेपत्ता छन् । चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन् । उनीहरु सबैको पूर्ण परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयका अनुसार डोटीको जोरायाल गाउँपालिका बुडरका तीन जना महिला तथा दार्चुलाको दुहुँ गाउँपालिका – ४ पोख्सेका एक महिला र एक पुरुषको अवस्था अज्ञात छ ।

ब्याँसमा अहिले पनि वर्षा र हिमपात जारी छ। हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् ।

यार्सागुम्बा टिप्न गएका व्यक्तिहरु मंगलबार दिउँसो हिमपहिरोमा पुरिएका हुन्। त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको थियो ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० बैशाख १९

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP