२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

स्कारपियो र माोटरसाइकल ठाोक्किँदा ३ जना घाइते

धनगढी- कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानसहित तीनजना घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बजारमा मङ्गलवार राति धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१-०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए।

उनका अनुसार घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय, बेलडाँडीमा कार्यरत प्रहरी जवान निरज चौधरीसहित उनकी श्रीमती ललिता चौधरी र छोरी रहेका छन्।

प्रहरी जवान निरजको हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। त्यस्तै, उनकी श्रीमती ललिता चौधरीको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको छ। उनकी छाेरीकाे पनि शरीरमा चाेट लागेकाे र अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ।

घाइते तीनैजनाकाे धनगढीस्थित मायामेट्राे अस्पतालमा उपचार भइरहेकाे छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP