२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीको पुर्चौडीमा शव एकै खाडलमा दाहसंस्कार

बैतडी- बैतडीको पुर्चौडीमा शव एकै खाडलमा दाहसंस्कार गर्ने चलन रहेको छ।

जिल्लाको पुर्चौडी नगरपालिका–९ तल्लादेही भमतोलामा गाउँभरी कसैको पनि मृत्यु भएमा एकै खाडलमा शव पुर्ने चलन रहेको हो। जातीय आधारमा पुर्खादेखिनै दलितहरुका शव निश्चित ठाउँमा बनाएका दुई वटा खाडलमा मात्रै पुर्नुपर्ने अवस्था रहेको छ।

भमतोला जंगल स्थित जेठी बहुरानी जङ्गलमा वर्षौ पहिला बनाइएका २ खाडलमा करिव १ सय ५० दलित परिवारका मृतकको शव पुर्ने गरिन्छ। शव पुर्नका लागि पुस्तौँ पहिला ५–५ फिटका २ खाडल बनाइएको र सोही खाडलमा मृत्यु हुने सबै दलितका शवहरु गाड्ने गरिएको स्थानीय राकेश चुनाराले बताए।

तल्लादेहीका बसौरा, डाँडाखाली र पोखरी गाउँको दलित समुदायका चुनारा, लुहार र पार्की समुदायका व्यक्तिको मृत्यु भएमा एकै खाडलमा पुर्ने गरिएको छ। गाउँका व्यक्तिहरुको दैनिक मृत्यु भएपनि पुरानो शव निकाल्दै नयाँ शव गाड्ने गरिन्छ। पुरानो शव खाडलबाट निकालेर जङ्गलमा फाल्ने गर्दा जङ्गलभरी मानव कंकाल र हड्डीहरु जताततै भेटिने गरेका छन्।

जंगलमा रहेका २ खाडल बाहेक अरु ठाउँमा गाड्ने नपाइने धार्मिक मान्यतालाई उनिहरुले आत्मासात गर्दै आएका छन्। चुनाराका अनुसार विभेदले पिल्सिएको दलित समुदाय विभेदलाई समेत परम्परा मान्न बाध्य छ। वातावरणीय र स्वास्थ्यका दृष्टीकोणले मानव शरीर खुल्ला छोड्दा जोखीम हुने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टको भनाई छ। हिन्दु परम्परानै मान्ने तर दलितका शव मात्रै एकै ठाउँमा गाड्ने परम्परा संग विभेद जोडिएको अधिकारकर्मी सरस्वती नेपालीको भनाई छ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८० बैशाख ११

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP