२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा एक महिलालाई बाघले आक्रमण गरी लग्यो

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ। स्थानीय ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ। उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए। नाला किनारमा सिमसार जमिन र झाडी भएका कारण खोजीमा समस्या भइरहेको छ।

उक्त क्षेत्रमा चैत मध्यदेखि दिउँसै बाघ देखिइरहेको थियो। चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका १० की एक महिलाको मृत्यु भएको थियो।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० बैशाख ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP