२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

कार्यालय छेउमै घर, भाडा बुझ्दै उपप्रमुख

बैतडी – पुरचौडी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीना धानुकले घरछेउमै डेरा लिएर सरकारी सुविधा लिँदै आएकी छन् ।

मासिक २० हजार रुपियाँ घर भाडाबापत उपप्रमुख धानुकले बुझ्ने गरेकी छन् । कार्यालयबाट घर टाढा भएका प्रमुख र उपप्रमुखले निवास सुविधाबापत घर भाडा पाउने व्यवस्था भए पनि कार्यालयको छेउमै उपप्रमुख धानुकको घर रहेको छ। उपप्रमुखको घर र डेरा लिएको घरको दूरी करिब ५० मिटर रहेको छ।

सो सम्बन्धमा उपप्रमुख धानुकले नगरपालिकाको स्टोर सञ्चालन र न्यायिक समितिको कार्यालयमा पाहुना आउँदा प्रयोग गर्न घर भाडामा लिएको बताएकी छन् । उपप्रमुख धानुकले तटबन्ध योजनाको अध्यक्षमा श्रीमान् र सदस्यमा ससुरालगायत नातागोता राखेको आरोपसमेत स्थानीयवासीको छ।

योजनाको अनुगमन गरेर पालिकामा सुशासन कायम गर्ने दायित्व भए पनि उपप्रमखु धानुकले उपभोक्ताको अध्यक्ष र नगर कर्मचारीमा नातागोतालाई भर्ना गर्न खोज्दा विवाद सिर्जना भएको बताइएको छ। यही विवादका कारण पुरचौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपाली दुई महिनादेखि पालिका छाडेर हिँडेको पाइएको छ। उपप्रमुख मीना धानुकले प्रदेश सरकारबाट तटबन्धको योजना लिएर आएको र अरूलाई यसरी योजना ल्याउन चुनौती दिएकी छन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ चैत्र २०

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP