२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

ढुंगा लागेर एक जनाको मृत्यु

बैतडी – बैतडी ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । कामको सिलसिलामा भारतमा रहेका डिलाशैनी गाउँपालिका – ६ गोकुलेश्वरका ३० बर्षका नरीराम ओडको ढुंगा लागेर भारतमा मृत्यु भएको हो ।

नारायण आश्रम रोड अन्तर्गत काकडपानी भन्ने स्थानमा सडक निर्माणमा संलग्न रहेका ओडको सडक माथिबाट खसेको ढुंगा लागेको भारतीय प्रहरीले जनाएको छ । सोमबार सडकमाथिबाट खसेको ढुंगा लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको पिथौरागढ जिल्ला अन्तर्गत पर्ने सो सडक निर्माणको काममा ओडसमेत काम गर्दै आएका थिए ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ चैत्र १४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP