२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

गाई मारेको अभियोगमा एकजना पक्राउ

बैतडी – बैतडीमा गाई मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका रमेश भुललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भुलले सोमबार साँझ आफ्नै घरमा पालेका ३ ओटा गाईलाई मारेको खबर प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

मदिरा सेवन गरेर घरमा आएका भुलले घरमै बाँधेका गाईलाई काठले टाउकोमा हानेर मारेको बुझिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने प्रहरी निरीक्षक जोशीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाई मारेको घटना सार्वजनिक भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ चैत्र १४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP