२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

लागुऔषध सम्बन्धी मुद्दाका फरार पक्राउ

कञ्चनपुर – लागुऔषध सम्बन्धी मुद्दाका फारर कसुरदार पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वीरेन्द्रबहादुर चन्दलाई पक्राउ गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले चन्दलाई लागुऔषध चरेश सम्बन्धी मुद्दामा माघ १६ मा १ वर्ष ३ महिना कैद र १२ हजार जरिवानाको फैसला गरेको थियो । २०७६ मै मुद्दा चलेपनि त्यतिबेला उनलाई धरौटीमा छाडिएको थियो । फैसलाका बेला उनी फरार थिए । चन्दलाई पक्राउगरि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ चैत्र ९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP