
बैतडी – बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । शिवनाथ–२, जोलापानी बस्कोटी बस्तीका गाई, गोरुमा ‘लुम्पी स्किन डिजिज भाईरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिनुभयो ।
गाउँपालिकाको जोलापानी लगायतका गाउँमा अहिलेसम्म ४० वटा गाई/गोरुमा रोगको सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । रोग नियन्त्रण गर्न नेपालमा कुनै खोप नभएका कारण सामान्य प्राथमिक उपचार थालिए पनि रोग नियन्त्रण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘लुम्पी स्किन डिजिज भाईरलबाट गाई÷गोरु बढी सङ्क्रमित भएका छन् । यो रोग लाग्दा पशुलाई ज्वरो आउँने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काँड्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुना्े गाईले दूध कम दिने र गर्भीर्णी पुश तुहिने समस्या देखा परेको छ ।’
रोगको सङ्क्रमण फैलिन नदिन सङ्क्रमित पशुलाई एन्टिबायोटिक औषधि खुवाएर प्राथमिक उपचार सुरु गरिएको छ । सामान्य एन्टिबायोटिक दिने काम सुरु भए पनि रोग नियन्त्रण हुन नसकेको शिवनाथ गाउँपालिकाको पशु शाखाले जनाएको छ ।
यो रोग झिङ्गा, लामखुट्टे र कीर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट रोग फैलिने भएकाले किसानले सजगता अपनाउनु पर्ने पशु शाखा प्रमुख साउदले बताउनुभयो ।
रोग नियन्त्रणका लागि बैतडीमा कुनै खोप नभएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका डा. विशाल पाठकले बताउनुभयो ।
डा. पाठकले लुम्पी भाईरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको बताउनुभयो । त्यसपछि चितवनमा देखा परेको लुम्पी रोग बैतडीको शिवनाथमा पनि देखा परेको बताउनुभयो ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाई, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...