
दिपायल – डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढी स्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दिपायलबाट जिल्ला सदरमुकाम सिलगढी जाँदै गरेको शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको सुपप्र ०१ ००१ ज १२५९ नम्बरको जीप र सुपप्र ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
मगंलबार बिहान ११ बजे भएको उक्त दुर्घटनामा दिपायल सिलगढी नगरपालिका – ७ की २९ वर्षीया टंक कुमारी उपाध्याय, ६५ वर्षीया धौली देवी विष्ट र सोही ठाउँकी दुर्गा देवी विष्ट घाइते भएका हुन् । त्यस्तै मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका – ६ का विष्णु बोहरा पनि घाइते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले बताए ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...