
कञ्चनपुर – कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एकजना किशोरको मृत्यु भएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१० तिल्केनीमा शनिबार से.६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार सोही नगरपालिका–४ का १४ वर्षीय छोरा आयुषको मृत्यु भएको हो ।
दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भारतको भोजिपुरास्थित अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । आयुष महेन्द्रनगर नमूना माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत थिए ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...