२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

जंगली बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका वडा नं ३ का ५२ वर्षीय गणेश पल्लेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रशाद भट्टका अनुसार आइतबार बिहान बँदेलको आक्रमणबाट उनी घाइते भएका थिए ।

घाइते पल्लेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । पल्लेलाई बँदेलले खेतमा काम गर्दा आक्रमण गरेको स्थानीयले बताएका छन् ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ फाल्गुन २१

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP