२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

यू- १९ एसिया छनोट स् मलेसियाविरुद्ध नेपाल दस विकेटले विजयी

यू- १९ विश्वकपअन्तर्गत एसिया छनोट खेलमा नेपालकाे बलिङ चम्किँदा मलेसिया ७२ रनमै अलआउट भयाे।

मंगलबार युएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले नाै ओभरमै विनाविकेट पूरा गरेर लगातार चाैथाे जित हात पार्न सफल भयाे।

नेपालका लागि दीपक बोहराले २९ बलमा ८ चौकासहित ३८ बनाए। यस्तै अर्जुन कुमालले २५ बलमा ३ चौकासहित २१ रन जोडे। नेपालले अतिरिक्त १४ रन बटुलेर लक्ष्य पूरा गर्यो।

योसँगै नेपालले आइसिसी यू– १९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हाे। सोमबार हङकङलाई नाै विकेटले हराएको पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो।

नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ। प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।

Related News

नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
नतिजा छिटो, तर विश्वसनीयतामाथि प्रश्न: कक्षा १२ पुनर्योगमा ३२ हजार आवेदन, एसईईमा ५.८१% नतिजा परिवर्तन
  • २०७९ फाल्गुन १६

  काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...

TOP