२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

एक महिला छोरासहित सम्पर्क विहिन

बैतडी – बैतडीकी एक महिला छोरासहित बेपत्ता भएकी छन् । जिल्लाको मैलौली नगरपालिकाकी सरस्वती नाथ ४ वर्षिय छोरा सहित बेपत्ता भएकी हुन् ।

मेलौली २ सलेनास्थित मलीकुलका केशव नाथकी २४ वर्षीया श्रीमती सरस्वती नाथ ४ वर्षीय छोरा यूनीक नाथ एक साता देखि सम्पर्क विहिन भएका पारिवारिक स्रोतले बताएको छ । बेपत्ता सरस्वतीका श्रीमान केशव नाथले श्रीमति छोरासहित फागुन २ गते बाट सम्पर्क विहिन भएकी बताए । घरमा कसैलाई जानकारी नगराई निस्केकी उनले बताए ।

एक साता हुँदा पनि अहिलेसम्म श्रीमती र छोराको अत्तोपत्तो नलागेको उनले बताए । उनका अनुसार ३ लाख रकम र एक तोला सुन समेत लिएर सरस्वती सम्पर्क विहिन छिन् ।

नाथ हाल रोजगारीको सिलसिलामा भारतको मुम्बैइमा छन् । कसैको सम्पर्कमा आए नजिकैको प्रहरीचौकीमा सम्पर्क गरिदिन परिवार स्रोतले अनुरोध गरेको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ फाल्गुन ९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP