२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा कर्मचारी भर्नामा विवाद

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकामा कर्मचारी भर्नामा विवाद देखिएको छ । विभिन्न पदमा नगरपालिकाले कर्मचारी भर्नाका आवेदन खोलेको थियो । सोमबार भएको रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, पञ्जीकरण शाखाका लागि एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षा प्रक्रियागत नभएको आरोप लागेको छ ।

परीक्षाको नतिजा आएपछि स्थानीय युवाहरुले घेर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली भागेर सदरमुकाम पुगेका थिए । सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनी धनगढी आईसकेका छन् ।  प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसंग भेटमा उनले परीक्षा निष्पक्ष रुपमा गर्दा आफूमाथि धम्की आएको बताएका छन् । 

कर्मचारी छनौट गर्दा प्रक्रिया नपुर्याएको आरोप लागेपनि सो आरोपको भने प्रमुख प्रशासकीय अधिकृत नेपाली खण्डन गरेका छन् । प्रक्रियागत हिसाबले अगाडि बढ्दा आफूमाथि धम्की आएको उनले प्रशासनसंग दुखेसो पोखेका छन् । सदरमुकाम आएको बिषयमा सोध्दा प्रमुख प्रशासकीय अधिकृत नेपालीले आफू धनगढी गइरहेको र अहिले केही भन्न नसकिने अवस्थामा रहेको बताए । 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ फाल्गुन ४

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP