
डडेल्धुरा- नेपाल विद्यार्थी संघ डडेल्धुराले शिव शिखर बहुउद्देश्य सहकारीले डडेल्धुरा बासीलाई लुटिरहेको भन्दै ज्ञापनपत्र बुझाएको छ। मंगलबार नेविसंघले सो विषयमा आफूहरूको ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशाासन कार्यालय डडेल्धुरालाई ज्ञापनपत्र बुझाएको हो।
शिव शिखर बहुउद्देश्य सहकारी संस्थाका विषयमा समाजिक सञ्जाल तथा मिडियामा प्रकाशित समाचार प्रति नेपाल विद्यार्थी संघ डडेल्धुराको विशेष ध्यानाकर्षण भएको समेत जनाएको छ।
‘डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ स्थित रहेको शिव शिखर बहुउद्देश्य सहकारी संस्थाका विषयमा समाजिक सञ्जाल तथा मिडियामा प्रकाशित समाचार प्रति नेपाल विद्यार्थी संघ डडेल्धुराको विशेष ध्यानाकर्षण भएको छ,’ नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तीमा देश आर्थिक संकटबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी साँझ बिहान जिविकोपार्जन गरिरहेका निउन स्तरका मानिसहरूले समेत आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै दैनिक, मासिक तथा वार्षीक बचत गरेको कुरालाई स्मरण गराएको छ।
डडेल्धुराका जनताको करिव ४० करोड रकम संकलन गरी शिव शिखर बहुउद्देश्य सहकारी संस्थाले बजारमा करिब दुई करोड मात्र लगानी गरेको जानकारी प्राप्त भएकाले शिव शिखर बहुउद्देश्य सहकारी संस्थाको बारेमासत्य तथ्य छानविन गरि दोषिलाई कानुनी दायरामा ल्याउन नेविसंघ डडेल्धुराले माग गरेको छ।
वर्तमान परिपे्रक्षमा लुटपाट र ठगीका समाचार आइरहेकोले कताकता सहकारी संस्थाले डडेल्धुरा बासीलाई थाहा नहुने गरी लुटिरहेको समेत आवास भएको भन्दै नेविसंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
सहकारीका सञ्चालकलाई समयमै सम्पर्क गरी जनताको लगानीलाई संरक्षण सुरक्षित गरिदिनु हुन समेत उसले अनुरोध गरेको छ।
१५ दिन भित्र बिश्वस्त आधारसहितको जनताको रकम सुरक्षित भएको जानकारी नदिएमा नेपाल विद्यार्थी संघ डडेल्धुराले शिव शिखर सहकारीकाविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेर जुन सुकै मूल्य पनि चुकाउन तयार रहेको समेत चेतावनी दिएको छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...