२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

डडेल्धुराबाट धनगढी जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जना घाइते

दिपायल – डडेल्धुराबाट धनगढी जाँदै गरेको जीप दुर्घटना भएको छ । डडेल्धुराको जोगबुढाबाट धनगढी जाँदै गरेको सु.प.प्र ०१००१ ज १३६१ नम्बरको जीप शनिवार राति दुर्घटना भएको हो ।

जीप भासु भीरमा जीप खसेको छ । भीमदत्त राजमार्गअन्तर्गत पर्ने चुरे गाउँपालिका– ५ भासु भीरमा शनिबार राति जीप खसेको हो । अस्थायी प्रहरी पोष्ट खानिडाँडाका अनुसार जीप चालक र जीपमा सवार अर्काले हाम फालेर ज्यान जोगाएका छन् ।

सर्विसिङ्गको लागि जोगबुढाबाट कैलालीयातर्फ गइरहेको सु.प.प्र. ०१००१ ज १३६१ नम्बरको जीप ब्रेक फेल भएर भीरमा खसेको हो ।

भीरमा खसेको जीप अझै फेला परेको छैन । जीपबाट हाम फालेका चालक बैतडी पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय ईश्वरदत्त पन्त र जीपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का सामान्य घाइते भएका छन्।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७९ माघ २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP