
दिपायल- डोटीमा विविध कार्यक्रम गरी आठौँ संविधान दिवस मनाइँदै छ । सरकारले देशैभर चार दिनसम्म दिवस मनाउन आग्रह गरेसँगै डोटीमा पनि १ गतेबाट दिवस मनाउन सुरु गरिएको हो ।
नेपालको संविधान–२०७२ जारी भएको ८ वर्ष लागेको अवसरमा जिल्लामा विविध कार्यक्रम गर्ने तय गरिएको छ । जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहको संयोजकत्वमा संविधान दिवस जिल्ला समारोह समिति गठन गरिएको छ ।
१ गतेबाट सुरु गरिएको दिवस ४ गते सम्म सञ्चालन गरिने छ । १ गते जिल्ला स्थित सरकारी कार्यालयहरुको सरसफाई गरिनुका साथै सर्वसाधारणलाई घरआगन सरसफाइ गर्न आग्रह गरिएको थियो ।
आइतबार दिवसकै अवसरमा जिल्लाको मुख्य व्यापारिक केन्द्रको सरसफाई गरिनु साथै डेंगु नियन्त्रण अभियान सञ्चालन गरिएको थियो । पछिल्लो जिल्लामा डेंगु संक्रमण बढ्दै गएकोले डेंगु नियन्त्रणका लागि सरसफाई गर्न र पानी जम्न नदिन आ–आफ्नो ठाउँमा अभियान थाल्न अपिल गरिएको छ । आइतबार नै जिल्ला स्थित सबै कार्यालयहरुमा संविधान दिवसको शुभकामना सहितको व्यानर राखिएको छ ।
सोमबार बिहान ७ः ३० बजे सिलगढी स्थित इन्द्रचोकबाट टुडिखेलसम्म प्रभात फेरी गरिने जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । प्रभात फेरी पछि टुडिखेलमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने छ । सोही दिन साँझ ६ बजे जिल्लाको प्रमुख धार्मीक स्थल शैलेश्वरी मन्दिरमा आरती र दीप प्रज्वलन गरेर दीपावली मनाउँने कार्यक्रम रहेको छ । संविधान दिवसकै अवसरमा ३ गते साँझा टोल, बजार र घरघरमा दीप प्रज्वलन गरेर दीपावली मनाउन र खुसी साट्न आग्रह गरिएको छ ।
३ र ४ गते विहान जिल्लाका विभन्न धार्मीक स्थलहरुमा पुजापाठ र प्राथना गरिने छ । पुजाआराधना र प्राथनामा जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिश, जनप्रतिनिधि सुरक्षा निकायका प्रमुख, लगायत कर्मचारी, पुजारीहरुको सहभागिता रहने छ । जिल्ला स्थित सबै सर्वसाधारण जनातहरुलाई आ–आफ्नो पाएक पर्ने धार्मीक स्थलमा पुजाआराधना र प्राथना गर्न अपिल गरिएको छ ।
दिवसका अवसरमा जिल्लाका सञ्चारमाध्यमहरु र रेडियोले संविधान दिवस विशेष कार्यक्रमहरु सञ्चालन गर्ने छन् ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रुपमा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । शनिवार देखि चार दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न विशेष कार्यक्रम सहित दिवस मनाइँदैछ ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...