२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

मुख्यमन्त्री पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

कैलाली – मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ। बुधवार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि हात पारेको हो।

आर्मीले एपीएफलाई ४०–१६ ले हरायो। कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले ८० हजार हात पारेको छ।

तेस्रो भएका दुई टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशले ४०\४० हजार रुपैयाँ प्राप्त गरेका छन्। सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले पुरस्कार प्रदान गरे।

रासस

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७९ बैशाख ८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP