२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

नयाँ बर्ष मनाउन गड्डाचौकी नाकाबाट घर फर्कनेको भीड

कञ्चनपुर – नयाँ बर्ष (विशु पर्व) भारतबाट घर फर्कनेको संख्या बढेको छ । सुदूरपश्चिमबाट भारतमा रोजगारी गर्न गएकाहरु नयाँ बर्ष मनाउन फर्कने क्रम बढेको हो ।

केही दिनयता गड्डाचौकी नाकामा विशुका लागि घर फर्किनेको संख्या बढेको छ । नाकासँगै महेन्द्रनगर बसपार्कमा पनि भीडभाड बढेको छ ।
अछाम ढकारीका गोरे बुढाले नयाँ बर्ष मनाउन परिवारसहित घर फर्किएको बताए । ‘कोरोनाले बीचमा सबै ठप्प भयो, कहीं आउजाउ नै भएन,’ बुढाले भने, ‘अब अलिअलि सजिलो भयो, दुई÷चार महिना भए पनि ज्याला मजदुरी पाइयो ।’

ढकारीकै सुकबहादुर बुढा पनि कालापहाडबाटै विशुका लागि घर फर्किएको बताए । ‘दुई÷चार महिना काम गरेर अलि अलि घर खर्च जुटाएर फर्कियौं,’ उनले भने, ‘विशु पनि आयो, घरमा खेतीपातीको काम गर्ने कोही छैन ।’ नयाँ वर्ष नजिकिएसँगै कामको खोजीमा भारत पसेकाहरू घर फर्किन थालेका छन ।

‘वर्ष दिनको चाड हो विशु, घर परिवारसँगै मनाउन पाए रमाइलो हुन्छ,’ बैतडी सुर्नयाका जयसिंह धामीले भने, ‘कोरोनाले पोहोर परार विशु मनाउनै पाइएन ।’ पहिलो लहरको कोरोना संक्रमणका बेला झन्डै एक महिना सीमा क्षेत्रमै क्वारेन्टिनमा बसेपछि घर पुगेका उनी संक्रमण कम भएपछि काममा फर्केका थिए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ चैत्र २७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP