
कञ्चनपुर – कञ्चनपुरका एक लाख ६१ हजार ८७५ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालय कञ्चनपुरले तयारी गरेको हो ।
कार्यालयका प्रमुख शिवराज सुनारका अनुसार ५२४ खोप केन्द्रमार्फत खोप दिइने छ । खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको र केन्द्रसम्म खोप पु¥याउने काम भैरहेको उनले बताए ।
सामुदायिक तथा संस्थागत विद्यालय‚ स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएको कार्यालय प्रमुख सुनारले बताए । २०० जनासम्म विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र बनाएको उनको भनाइ छ । खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई टाइफाइटविरुद्धको टिसिभी खोप लगाइने छ । यस खोपको प्रभावकारिता ९६ दशमलब ९५ प्रतिशत रहेको बताइएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...