२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

५ जना वडा अध्यक्षसहित वेदकोट नगरपालिकाका मेयर चन्द समाजवादीमा प्रवेश

कञ्चनपुर – कञ्चनपुरमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार एक कार्यक्रमका बीच स्वागत गरे । उनी ५ जना वडा अध्यक्षसहित एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी वेदकोट नगर कमिटीले वेदकोट–३ मा आयोजना गरेको चुनाव केन्द्रित आमसभामा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका चन्दसहित अधिकांश नेता, कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमाले त्यागेर समाजवादी प्रवेश गर्ने तयारी गरेका मेयर चन्द एमालेमा दश बुँदे पक्षधर हुन् । मेयर चन्दसहित वेदकोट नगरपालिकाको एमालेको ठूलो पंक्ति एकीकृत समाजवादीमा समाहित भएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ चैत्र २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP