२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

डडेल्धुराका युवक कञ्चनपुरमा मृत फेला

कञ्चनपुर – डडेल्धुराका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्। डडेल्धुराको परशुराम नगरपालिका-९ घर भएका २५ वर्षीय राजु धामी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

वेदकोट नगरपालिका-३ दैजी चौराहास्थित लोकेन्द्रसिंह रोकायाको घरमा भाडामा बस्दै आएका उनी पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका उनी दैजीमा काका क्याफे एण्ड होटेल लज सञ्चालन गर्दै आएका बताइएको छ।

उनको शव अहिले महाकाली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ चैत्र १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP