२०८३ बैशाख ८, मंगलवार
April 21, 2026, Tuesday

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते, २ को अवस्था गम्भीर

कञ्चनपुर – कञ्चनपुरमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका छन्। र जिल्लाको कलुवापुर-बेलौरी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीमा दुई मोटसाइकल ठोक्किँदा ६ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

आइतबार राति से४प ८९४५ नम्बरको मोटरसाइकललाई सुपप्र ०२००३ प ९३४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ।

वेदकोट नगरपालिका-१ का २१ वर्षीय प्रकाश बोहरा र कृष्णपुर नगरपालिका-२ वाणीका २२ वर्षीय नरेन्द्र साउदको अवस्था गम्भीर रहेको घाइतेहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ फाल्गुन २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP