२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

सौताको हत्यामा संलग्न बैतडीकी महरा कारागार चलान

बैतडी – सौताको हत्या आरोपमा पक्राउ परेकी दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारू महरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीले उनलाई हत्यामा संलग्न रहेको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

जिल्ला न्यायधिश तिलकबहादुर कार्कीको एकल इजलासले महरालाई पुर्पक्षका लागि कारगार चलान गर्न आदेश दिएको खड्काले बताए ।

गत माघ १८ मा उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

नारूले हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । चन्द्राको घाँटी र मुखमा चोट रहेको थियो ।

नारूले घटना हुनु पहिला पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको थियो । श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ । नारूका सन्तान छैनन् । मृतक चन्द्राका एक छोरा र एक छोरी छन् ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन १९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP