
डोटी- सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा दुई सय ५० जना पर्यटकले भ्रमण गरेका छन् । फागुन १ गतेबाट १४ गते सम्म सञ्चालन भएको हेलिटुर मार्फत दुई जना विदेशी पर्यटक र दुई सय ४८ जना आन्तरिक पर्यटक खप्तड पुगेका हुन् ।
खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मीक स्थल बडीमालिकाका लागि हेलीटुर सञ्चालन गरिएको भए पनि अत्याधिक हिउँका कारण बडीमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिएको आयोजकले जनाएको छ ।

चिसोको समयमा सुनसान जस्तै देखिने खप्तड क्षेत्रमा हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई आवत जावतका लागि सहज भएको थियो । कोरोना महामारीले केही वर्ष थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रले हेलिटुर सञ्चालन पछि गति लिएको छ ।
यस पछि वर्खायाममा छिट्टै अर्को चरणमा टुरको आयोजना गरिने होटल तथा पर्यटन व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष, खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दिपकबहादुर खड्काले बताए । खड्काले हेलीटुरलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल पर्यटन बोर्ड तथा माउनन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले हेलिटुर सञ्चालनमा ल्याएको थियो । आइतबारबाट टुर समापन गरिएको छ ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...