
बैतडी – पहिरोका कारणले भत्किएको घर नेपाली सेनाले पुनःनिर्माण गरेको छ। दशरथचन्द नगरपालिका–४ गढीस्थित पहिरोबाट भत्किएको दीप पौडेलको घर हनुमानध्वज गुल्मले पुनःनिर्माण गरेको हो।
गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको लगातारको बेमौसमी वर्षाका कारण पौडेलको घरमा माथिबाट खसेको ढुंगाले घरमा क्षति पुगेको थियो। घरमा क्षति भएपछि मर्मतका लागि सेनालाई अनुरोध गरिएको थियो।
घर मर्मतका लागि अनुरोध गरेपछि सेनाको टोलीले घर मर्मत गरेको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले बताए। उनले भने, ‘चार महिनासम्म पाल टाँगिएको र हाल हामीलाई मर्मतका लागि अनुरोध गरेपछि हाम्रो टोलीले मर्मत गरेको छ।’
सेनाको टोलीले घरमाथिबाट खसेको पहिरो पन्छाएको, घर मर्मत गरेको आवश्यक बन्दोबस्तीको काममा समेत सहयोग गरेको जनाएको छ।
काठमाडौं – सरकार र राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष...