२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा टिपर दुर्घटना : तीन जनाको मृत्यु, ७ घाइते

बैतडी- जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

मृत्यु हुनेमा टिपरधनी ४५ वर्षका जनकराज पन्त, स्थानीय सिगास माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी १७ वर्षका ललित अवस्थी र १३ वर्षका ज्ञानु विष्ट रहेका प्रहरीले जनाएको छ ।

स्थानीय गणेश विष्टका अनुसार विद्यालयबाट फर्किँदा टिपर चढेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । दुर्घटनापछि प्रहरी र स्थानीयले उद्दार गरेका छन् ।

दुर्घटनामा ठूलो हाताहाती भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।   उनिहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।     

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन ९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP