२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

देशैभर हेम & माया फाउण्डेसनको खाद्यान्न सहयोग

महेश नेपाल

काठमाण्डौं- हेम एण्ड माया फाउण्डेसनले देशैभर खाद्यान्न सामग्री विरणरण गरिरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मुलुक लकडाउनमा रहेका बेला फाउण्डेसनले सातवटै प्रदेशमा दैनिक उपभोग्यका सामग्रहरु बितरण गर्दैआएको छ ।

लकडाउनले गर्दा काम बिहिन बनेका मजुर, दिर्घरोगीहरु, गरिव तथा विपन्न परिवारहरुलाई राहत स्वरुप दाल, चामल, नुन तेल लगायतका खाद्यान्न सामग्रीहरु बितरण गरेको फाउन्डेसनका अध्यक्ष हेमथापाले बताए । फाउण्डेसनले बिभिन्न ठाउँमा रहेका सहयोगी ब्यक्तिहरुबाट सहयोग जुटायर संस्थागतरुपमा हाल सम्म ३ सय ५० बोरा बढी चामल, सैयौ क्विन्टल दाल र नुन, तेल लगायत अन्य अत्यावश्यक सामाग्रीहरु बितरण गरेको जनाइएको छ ।

अध्यक्ष थापाका अनुसार सहयोग संकलन र राहत खाद्यान्न वितरण कार्यक्रम जारि रहेको छ । फाण्डेसनले नेपाल स्थित आफ्ना सदस्यहरु मार्फत राहत वितरण गरिहरेको छ ।

यो संगै फाउन्डेसनले बिभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

Related News

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त
  • २०७६ चैत्र २२

  दिपायल- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना...

TOP