२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा चितुवा मृत फेला

बैतडी – चितुवा प्रभावित क्षेत्र बैतडीको पञ्चेश्वर गाउँपालिकामा पाँच फिट एक इन्च लामो चितुवा मृत अवस्थामा फेला परेको छ । पञ्चेश्वर गाउँपालिका –५, गिरेगाडामा मृत अवस्थामा चितुवा फेला परेको हो । चितुवालाई मङ्गलबार बैतडी सदरमुकाम ल्याएर खाल्डोमा गाडिएको छ ।

 स्थानीयले मृत अवस्थामा फेला परेको चितुवाकाबारेमा प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले मृत चितुवा डिभिजन वन कार्यालय बैतडीलाई बुझाएर खाल्डोमा गाडिएको हो। चितुवाको खुट्टा र पछाडिको भाग केही जङ्गली जनावरले खाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए।

बैतडीको तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा चितुवाले मान्छेको शिकार गर्दैआएको क्षेत्र हो।

जङ्गली जनावरको शिकार गर्ने चितुवा आफै कसरी शिकार भयो भन्ने कुरा पत्ता नलागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०७८ फाल्गुन ३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP