
डोटी- नेकपा एमाले डोटीका पूर्व अध्यक्ष नारद मलासीले एमाले प्रालिमा परिणत भएको आरोप लगाएका छन् । मंगलबार एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्दै मलासीले यस्तो आरोप लगाएका हुन् ।

एमालेका सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका उनले समग्र एमाले पार्टी प्रालि बनेकोले आफु समाजवादीमा समाहित भएको बताए । उनले भने,‘नेकपा एमाले एउटा प्राली बनेको छ । एउटा व्यापारिक केन्द्र बनेको छ । यस्तो पार्टीको साक्षी बसिरहनु व्यक्तिगत र मेरो स्वाभिमानका लागि पनि ठिक हुँदैन भनेर म पार्टी छोड्ने निष्कर्षमा पुगे ।’
नेकपा एमालेमा विचार, व्यक्ति पार्टीको लोगो बेचेर, बन्दगी राखेर नेपाली जनतालाई ठग्ने कार्य भैरहेको मलासीले बताए । एमालेले भ्रामक कुरा गरेर अझै पनि जनतालाई गुम्राहामा राख्ने दुष्प्रयास गरेपछि आफु बाहिरिएको उनले भनाई छ ।

दुई तिहाई पाएको एमाले नेतृत्वको सरकारले नेपाली जनताको आशा भरोसा र अपेक्षा कुल्चेको उनको आरोप छ । एमाले पार्टी नेतृत्वले सत्ताको उन्मादबाट मात्तिएर जनताको विश्वासलाई कुल्चने र जनतालाई निरुत्साहित गरेको उनले बताए । तत्कालिन ओली नेतृत्वको सरकारलाई अंकित गर्दै मलासीले भने,‘तत्कालिन सरकारले कम्युनिष्ट प्रतिको जनविश्वास कुल्चेको छ । एमालेले नेपाली जनाको विश्वास ढाल्ने, संविधान माथि धावा बोल्ने, पार्टीलाई व्यक्तिबादी र प्रालि बनाउँने दुष्प्रयास गरेको छ ।’
मलासीसँगै डोटीका डेढ दर्जन बढी नेताकार्यकर्ताहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका छन् । उनिहरुलाई समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाह लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...